देउवासँग डा.कोइरालाले भने-सभापति जी तुरुन्तै डडेल्धुरा अध्यक्षमाथिको कारबाही फुकुवा गर्न आदेश दिनुहोस्

भदौ १२, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले महिला संघ डडेल्धुराकी सभापतिलाई बिनाकारण हटाउँने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।   

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै डा.कोईरालाले स्पस्टीकरणसमेत नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाएर पार्टीभित्र गलत नजिर बसाउन खोजेको बताए । ‘केन्द्रीय अधिवेशन गर्न नसक्ने कतिजना सभापतिहरु छन्। त्यसो भए तिनलाई चाहीं किन नहटाएको ?’ डा.कोईरालाले भने, ‘सभापतिजी तुरुन्तै महिला संघकी केन्द्रीय अध्यक्षलाई डडेल्धुरा अध्यक्षमाथिको कारबाही फुकुवा गर्न आदेश दिनुहोस् ।’ 

डडेल्धुरा महिला संघको घट्नाले देशभरका कार्यकर्तामा निराशा छाएको बताउँदै डा.कोईरालाले बिधि, बिधान र पद्दतीबाट पार्टी नेतृत्व नहिंडेकै कारण पार्टी कमजोर हुँदै गएको बताए। बिनाकारण डडेल्धुरा महिला संघकी अध्यक्षलाई हटाउने निर्णय कुनै पनि हालतमा मान्न नसकिने जिकिर डा. कोईरालाले गरे। 

महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बिनाकारण डडेल्धुराकी अध्यक्ष कमला बिष्टलाई साधारण सदस्य समेत नरहने गरी हटाएकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *