सबै व्यवसायी भए मुलुक समृद्ध बन्छः पूर्व अर्थमन्त्री पाण्डे

असाेज १३, चितवन ।  पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले व्यवसायले मात्रै व्यक्ती धनी हुने बताएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार बिजयादशमी, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामनादा आदान प्रदान कार्यक्रममा बाेल्दै पूर्व अर्थमन्त्री पाण्डेले जागिर भन्दा व्यापार ,व्यवसायले धनी बन्न सकिने बताएका हुन् । 

सुकिलो लुगा लगाएर, कुर्सीमा बसेर अरुको जागिर खाँदैमा मान्छे धनी बनिदैन प्रतिनिधी सभा सदस्य समेत रहेका पाण्डेले भने – व्यवसायलेनै मान्छेलाई धनी बनाउन, सरकारको चाहना पनि त्यही नै हो । व्यक्ती व्यक्ती धनी भएपछि मात्रै समृद्ध मुलुक बन्ने उनको भनाई थियो । व्यवसायलाई होच्याउने प्रवृती रहेको भन्दै पूर्व अर्थमन्त्री पाण्डेले सवैलाई व्यवसायी बनाएर मुलुकको विकास गर्नु पर्ने धारणा राखे ।  

फरक प्रसंगमा पूर्व अर्थमन्त्री पाण्डेले सौराहामा ठुलो लगानीका होटल संचालनका लागि वातावरण बनाउनु पर्ने सुझाव दिए । अहिलेकै अवस्थामा सौराहाको विकास हुन सक्दैन पाण्डेले भने – ठूला लगानीकर्तालाई भित्र्याउन सके यहाँको विकासले फड्को मार्छ, ठूला लगानी आउँदैमा डराउनु हुदैन् । प्रतिनिधी सभा सदस्य एवंम् प्रतिनिधी सभाको कानुन न्याय तथा मानव अधिकारी समिति सभापति कृष्णभक्त पोखरेलले निषेधको राजनिति नगरी सहकार्यबाटै मुलुकको विकास गर्नु पर्ने बताए । 

प्रदेश सभा सदस्यहरु कृष्ण प्रसाद खनाल र घनश्याम दाहालले तीनै तहका सरकार मिलेर विकासको गति वढाउनु पर्ने धारणा राखे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सहसचिव सुर्य अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञान बहादुर विसुराल, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *