युएईसँग नेपालको हवाई सम्झौतामा हस्ताक्षर

असोज १२, काठमाडौँ ।  नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौतामा हस्ताक्षर गरेको छ।  दुई देशबीचको द्वपक्षीय हवाई सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो। 

उक्त  सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएई तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका हुन् । युएईसँग यअघि सैद्धान्तिक सम्झौता मात्र भएको थियो।  

क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औँ महासभाको क्रममा ३९औँ देशका रुपमा युएईसँग नेपालले सम्झौता भएको हो । 

हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको नेपालले पहिलो पटक  सन् १९९९ मा युएईसँग सम्झौता  गरेको थियो भने  पछिल्लो पटक सन् २०१५ मा पुनरावलोकन भएको थियो। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *