अनामनगर र सौराहामा एनआईसी एशिया बैंककोे नयाँ शाखा
मकालु खबर
२०७६ असोज १३ गते
असोज १३, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आज (सोमबार) देखि सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे । त्यस्तै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका थिए ।
बैंकले हाल मुलुकभर रहेको ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब १८ लाख ग्राहक रहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
मकालु खबर
२०७६ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित