विदेशमन्त्री याङ यी चन्द्रागिरीबाट काठमाडौँ नियाल्दै

भाद्र २३, काठमाडौँ । सोमबार बिहान  चिनियाँ विदेशमन्त्री याङ यी केबुलकार चढेर चन्द्रगिरी पुगेका छन् । 

विदेशमन्त्री याङ यी चिनियाँ प्रतिनिधि मण्डल र परराष्ट्र मन्त्रालयका केही अधिकारीसहित चन्द्रागिरी पुगेका हुन् । 

नेपाल भ्रमणमा आएका विदेशमन्त्री याङको चन्द्रगिरीबाट आएपछी राजनीतिक तथा कूटनीतिक भेटवार्ता रहको छ ।  आज उनले नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग पनि भेट्ने कार्यक्रम रहेकाे छ । त्यसपछि भने उनले राष्ट्रपति, प्रधानमन्त्रीसहितसँग भेटवार्ता गर्नेछन् ।  

चन्द्रागिरी हिल्सका सञ्चालक चन्द्र ढकालले जानकारी दिए अनुसार उनी चन्द्रगिरी पुग्नुकाे कारण  कुनै कार्यक्रममा सहभागी हुनलाई नभई त्यहाँबाट काठमाडौँ उपत्यका दृश्य हेर्नमात्र पुगेका हुन् ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *