नेशनल लाइफ इन्स्योरेन्सले १४.५ प्रतिशत बोनश शेयर र नगद लाभांश वितरण गर्ने

भाद्र २०, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४.५ प्रतिशत बोनश शेयर तथा नगद लाभांश वितरण गने भएको छ । कम्पनीको हिजो बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।   

कम्पनी सञ्चालक समितिको २१७ औं बैठकले आ.व.२०७४/०७५ को लागि हाल अद्यावधिक रुपमा कायम रहेको चूक्ता पुंजी रु.३,००,८४,४०,५३५मा १२ प्रतिशतका दरले नगद लाभांश साथै २.५ प्रतिशतले वोनस शेयरको रुपमा लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।   

कम्पनीले कुल लाभांश १४.५ प्रतिशत प्रदान गर्ने निर्णय गरेको छ । साथै वोनस शेयरमा लाग्ने करको लागि समेत ब्यवस्था गरिएको छ । उक्त निर्णय बीमा समितिको स्विकृती र आगामी वार्षिक साधारण सभामा अनूमोदन पश्चात मात्र कार्यान्वयन हूने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *