‘नेपाल आइस एघारौं कृति अवार्डस २०७६’ को एघारौं संस्करण सम्पन्न


भाद्र १५, काठमाडौँ । ‘नेपाल आइस एघारौं कृति अवार्डस २०७६’ को एघारौं संस्करण आज सकिएको छ । कृति अवार्डस २०७६ कार्यक्रमको उदघाटन गर्दै सूचना तथा संचार प्रबिधि मन्त्री गोकुलप्रसाद बास्कोटाले विज्ञापन नियमन विधेयक पारित भएसंगै नेपालमा क्लिन फिड लागु भैसकेको परिप्रेक्षमा कार्यान्वयनका लागि सरोकारवालाहरुसँग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
विशेष अतिथि एवम मुख्य प्रायोजक चौधरी ग्रुपका प्रवन्ध निर्देशक तथा युवा उद्यमी निर्वाण चौधरीले नेपालमा हुने अर्वाड्सहरु मध्ये कृति अर्वाड्सको आफ्नै महत्व र उचाई रहेकोले नै आफ्नो सस्थाले विगतका बर्ष देखिनै टाइटल स्पोन्सरको रुपमा प्रायोजन गर्दे आएको बताए ।
कृति अवार्डस २०७६ कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन लगायत अधिकांश स्याटलाइट टिभीले गरेका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले क्लिन फिड र नेपालको विज्ञापन व्यबसायलाई व्यबस्थित गर्न विज्ञापन वोर्ड गठन गर्दा नेपाल विज्ञापन संघको अनिवार्य प्रतिनिधित्वको आबश्यकता रहेको बताएका थिए ।
एघारौं कृति अवार्डसको मुख्य प्रायोजक नेपाल आइस, पावर्ड वाई सिजि सिमेन्ट, इन एसोसियन विइथ नेपाल टेलिकम रहेका थियो ।
साथै अन्य प्रायोजकहरुमा, मुक्तिनाथ बिकास बैक, कृषि विकास वैक लिमिटेड, नेपाल मेडिसिटि हस्पिटल, हिमाल रेमिट,यति कार्पेट, सफ्टि हाइजिन, जेवि टेर्लस, नेपाल टुरिजम वोर्ड र सोल्टि होटललाई सम्मान(पत्र दिइएको थियो ।
३१ विधाको अवार्डस्का लागि ६१ एजेन्सीले सहभागीता जनाएकोमा विभिन्न एजेन्सिहरुले निम्नानुसार पुरस्कार पाएका छन् ।
अभानिर बिजनेस एडभान्टेजले ६र६, प्रिज्मार्क र आउटरिचले ४र४, भिचित्र, कन्सल्टवान, डिजिटलइनले ३र३ अवार्डहरु पाए ।
कि एडभरटाजिङ, ओर्जिनल इन्टरमेन्ट, मिटिङ प्वाइन्टले २र२ वटा अवार्डा जिते ।
एड डिजाएर, एएनएस क्रिएसन, क्रियो कम्युनिकेसन, डिजि एडभरटाइजिङ, फुलसर्कल , इम्प्याक्ट एडभरटाइजिङ, मेकवेज , एम म्याक्स क्रिएसन , मार्स एडभरटाईजिङ एण्ड रिसर्च, मिडिया जर्नल, द स्क्वाएर डिजाइन, हृवाइट फिदर्सले एक(एक वावार्ड हात पारे ।
आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”ल स्वागत मन्तव्य राख्दै एजेन्सीहरुको उल्लेख्य सहभागिताको प्रशंसा गरे ।
महा(सचिव राजु कुईँकेलले प्रमुख अतिथि, विशिष्ठ अतिथि र आमन्त्रित महानुभावका साथै प्रायोजक, जुरि, निणरयक मण्डल, सहभागि एजेन्सि तथा सम्पूर्ण मिडियालाई धन्यबाद व्यक्त गरे ।
नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस सहित खादा प्रदान गरि सम्मान गरिएको थियो ।
७०० बढी दर्शकबीच गरिएको यो समारोहमा दिपक राज गिरी तथा केकी अधिकारिको आगामी फिल्म ‘छ माया छपक्कै’ को नृत्य र सरौतो फिल्मको नृत्य साथै अन्य कलाकारहरुले पनि आफ्नो नृत्य कला प्रर्दशन गरेका थिए ।
कसले कुन अवार्ड जिते ?
/public/uploads/xyz/11th%20Crity%20Awards.pdf
