प्रभु बैंक को नयाँ शाखा सुनसरीको कालाबञ्जरमा


भाद्र २३, सुनसरी । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं। ५ कालाबञ्जरमा सञ्चालनमा ल्याएको छ । आजबाट उक्त शाखा कार्यालय सञ्चालनमा आएको हो । उक्त शाखा बैंको १९५ औं शाखा कार्यालयको रहेको छ । बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले एक समारोहका बिच गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख खनालले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
बैंकको कालाबञ्जर शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बताइएको छ ।
null
स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले गत आ। ब मा रु। २,८६७,६९३,०००र( सञ्चालन मुनाफा गरेको थियो । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ ब्त्ः मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ
