प्रधामन्त्रीको स्वस्थ्य सामान्य अब कामलाई निरन्तरता दिन सक्ने
भाद्र २०, काठमाडौँ । शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छिन् ।
डा. सिंहले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अब प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र नियमित काम गन सक्ने जानकारी दिएकी हुन् ।
प्रधानमन्त्री ओली भाद्र ५ मा पुनः सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा १५ दिन बसेर उपचार गराइ आज शुक्रबार स्वदेश फर्किएका हुन् ।
विज्ञप्तीमा सिंहले विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको र उनले अब आफ्नो नियमित कामलाई निरन्तरता दिनसक्ने जानकारी दिएकी हुन्। विज्ञप्तिमा लेखिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ।’
यो भन्दा अघी प्रधानमन्त्री ओली साउन १८ गते उपचारकै लागि सिंगापुर गएर साउन २७ गते स्वदेश फर्किएका थिए । त्यतीबेला उनले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको भने पनी यसरी विज्ञप्ती नै जारी भने गरिएको थिएन् ।
आज प्रधानमन्त्री सँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिब राजेश बर्जाचार्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह पनी स्वदेश फर्केका हुन् ।