छोराको मृत्यु सहन नसकेर बुुवाले गरे आत्महत्या
मकालु खबर
२०७६ भदौ ३० गते
भाद्र ३०, पाल्पा । पाल्पामा पुत्र वियोगका कारण एक ६५ वर्षे पुरुषले आत्महत्या गरेका छन् ।
छोराको मृत्यु पछी पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीना आत्महत्या गरेका हुन् ।
पाल्पा तान्सेनस्थीत सूर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएपछी उनी पुत्र वियोगमा डुबेका थिए ।
छाेराकाे मृत्युपछी शोकमा डुबेका भिमराजले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित