खसी–बोकाको बिक्री वितरण सुरु, प्रतिकेजी कति ?

  

असोज १३, काठमाडौं । दशैँका लागि खसी, बोका, च्यांग्रा बिक्रि वितरण सुरु भएको छ ।   

सरकारले आज (सोमबार) देखि सुपथ मूल्यमा काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरभित्र खसी, बोका, च्यांग्राको विक्रिवितरण सुरु गरेको हो ।   

बिक्रिमा रहेका सबै खसी बोकाहरु स्वस्थ रहेको विभागको दाबी छ । ३७० खसी/बोका र ५५० च्याङ्ग्रा ५ सय वटा च्याङग्रा  बिक्रिमा राखिएको छ ।  बाँकी खसी र च्याङग्रा समेत बाटोमा रहेको र केही दिनभित्रै काठमाडौंमा आइपुग्ने बताइएकाे छ ।  

प्रतिकेजी मूल्य कति ?   

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार विभागले यो वर्ष खसीको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्य तोकेको छ ।   

संस्थानले निजी क्षेत्रले बेचेभन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरेको हो । व्यवसायीहरुले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बेचिरहेका छन्।   

स्वस्थ अस्वस्थ कसरी छुट्याउने ?   

उपत्यका बाहिरबाट दशैँका लागि काठमाडौं ल्याइएका खसीबोका स्वस्थ छन् कि रोगी छन् छुट्याउन सकिने छ ।  निरोगी खसीबोका तथा भेडाच्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको हुन्छ । त्यस्तै  खान, प्रयोग गर्न नमिल्ने खसीको सिङमा रातो रङ् लगाइने विभागले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *