एटिएमबाट पैसा निकाल्ने थप एक चिनिया नागरिक पक्राउ

भाद्र १६, काठमाडाैं । शनिबार राती राजधानीका आधा दर्जन बैंकका एटिएमबाट रकम निकाल्ने थप एक चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले रार तीन जनामध्ये सु पक्राउ परेको जनाएको छ। 

यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका सु चीन जाने तयारीसाथ विमानस्थल पुगेका थिए। उनको साथबाट पाँच हजार अमेरिकी डलर बरामद भएको परिसरले जनाएको छ।  

null

आठ जना चिनियाँ नागरिकले उपकरण प्रयोग गरी आधा दर्जन बैंकको एटिएम बुथबाट पौने दुई करोड रुपैयाँ निकालेका थिए। प्रहरीले फरार अन्य दुइकाे पनि खाेजी जारी रहेकाे जनाएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *