लादेनका छोरा हम्जा बिन लादेन मारिएको ट्रम्पको दावि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल–कायदाका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्टि गरेका छन् । ह्वाइटहाउसद्वारा जारी संक्षिप्त विज्ञप्तिमा ट्रम्पले अल–कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तान र पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएको जनाइएको छ ।   

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो । गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए । अमेरिकी अधिकारीहरुले नै हम्जा मारिएको बताएका थिए तर कहाँ र कहिले उनी मारिए भन्ने कुरा भने खुलाइएको थिएन । 

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो । लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए । उनले आफ्जा बाबु मारिएकोमा अमेरिकासँग बदला लिने योजना बनाइरहेको खुलेको थियो । 

Image result for हम्जा बिन लादेन

त्यसपछि गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई १ मिलियन डलर उपहारको घोषणा गरेको थियो । हम्जाले अबर प्रायःद्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए । साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको कुरा बाहिर आएको थियो । 

हम्जका बाबु बिन लादेनलाई अमेरिकाको विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानको एबोट्टावादमा हत्या गरेको थियो । सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *