संस्कृती जर्गेर्ना गर्न झमटा प्रतियोगिता

भाद्र २५, चितवन ।  खैरहनीका चौधरी समुदायका युवाहरुले आफ्नो संस्कृति जोगाउने उदेश्यले जितिया विषेश झमटा प्रतियोगिता आयोजना गर्ने भएका छन् ।  

खैरहनी १० मा रहेको कठार युथ क्लवले चौधरी महिलाहरुको महान पर्व  जितियाको अवसर पारेर यही भदौ २८ गते भ्रष्टचार विरुद्ध झमटा प्रतियोगिता गर्न लागेको हो । 

 पछिल्लो समय युवाहरु आफ्नो संस्कृति प्रति उदाशिन भईरहेको र देशमा भ्रष्टचार मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रतियोगिता गर्न लागिएको कठार युथ क्लवका अध्यक्ष अशोक चौधरीले वताए ।  

क्लवले पहिलो पटक पूर्वी चितवन स्तरीय प्रतियोगिता गर्न लागेको हो । पूर्वी चितवन चौधरी समुदायको वाहुल्यता रहेको क्षेत्र पनि हो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गरिनेछ । प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश नगद १५ हजार,१० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक मनोज चौधरीले जानकारी दिए । 

 बुधवार सम्म २२ वटा टिम दर्ता भईसकेको छ भने कुल ४० वटा टिमले सहभागीता जनाउने अनुमान छ ।  प्रतियोगिताकै अवसरमा चौधरी समुदायको उत्थान तथा सस्कृति संरक्षणमा योगदान पुर्याउने अग्रजहरु र २ जना खेलाडीलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक लिलाराज गुरुङले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *