खोलाको जग्गा देखाएर ऋण, बैंक अफ काठमाण्डूका पूर्व सिइओसहित ११ जना पक्राउ

असोज ५, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली धितोमा ऋण लिएको अभियोगमा बैंक अफ काठमाण्डू (बीओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ११ जनालाई पक्राउ गरेको छ ।   

ब्यूरोले सिइओ अजय श्रेष्ठ, ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलाई पक्राउ गरेको हो ।   

पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेको सीआईबीले जनाएको छ । 

झापामा खोलाभित्र जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी ४.५ करोड रूपैयाँ ऋण निकासा गरेको उनीहरुमाथि आरोप छ ।   

थप अनुसन्धान भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *