चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

भदौ २२, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । नेपालको ३ दिने भ्रमणका लागि विदेशमन्त्री वाङ यी नेपाल आउन लागेका हुन् । उनी आज अपराह्न पौने चार बजे नेपाल आइपुग्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउँदै छन् । उनी पाकिस्तान हुँदै नेपाल आउने छन् ।   

विदेशमन्त्री वाङको स्वागतका लागि परराष्ट्र मन्त्रालयका सचिव सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने कार्यक्रम रहेको छ ।   

null

श्रोतका अनुसार निकट भविष्यमै नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको पूर्व तयारीका लागि विदेशमन्त्री वाङ यी नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण चाँडै हुने भनिएपनि मिति भने अझै तय भइसकेको छैन ।   

‘विदेशमन्त्री वाङको भ्रमणले राष्ट्रपति सीको नेपाल भ्रमणको वातावरण तय गर्ने बताइएको छ ।   

नेपाल आए लगत्तै चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भोलि सोमबार समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।   

भेटवार्ताका क्रममा नेपाल र चीनबीचको द्वीपक्षीय हित र नेपालमा चीनले सञ्चालन गर्ने परियोजनाहरुको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो भने उनी यसअघि सन् २०१४ मा नेपालको औपचारिक भ्रमणका लागि आएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *