विराटनगरका मासु पसलमा अनुगमन, अधिकांश मापदण्ड विपरीत

असोज ८, विराटनगर ।  विराटनगर गुद्रि आसपासका मासु पसलहरुमा अनुगमन गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलयका कार्यालय प्रमुख हिमालय बराल, जिल्ला प्रशासन कार्यलय मोरङका प्रशासकीय प्रमुख डम्वरु बल्लब बराल, नाप तौल तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि र सञ्चारकर्मीहरु समेतको टोलीले बुधबार गुद्री आसपासका मासु पसलहरुको अनुगमन गरेको हो ।     

नजिकिँदै गरेको दशैं, तिहार साथै छैठ पर्वमा आम उपभोक्ताहरुले ताजा, सफा र शुद्ध माछा मासु उचित मुल्यमा खरिद गर्न पाउन भन्ने उद्देश्यले बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यलय मोरङका प्रशासकीय अधिकृत डम्मरु बल्भव बरालले बताए ।  

अन्य समय अधिकांश मासु पसल खुल्ला रहने र झुण्ड्याएको अवस्थामा भेटिने व्यस्त बजारमा अनुगमन टोली प्रवेश गर्नुपुर्व कतिपय मासु पसल बन्द गरिएका थिए । 

खुल्ला रहेका करिब १५ वटा माछा मासुका पसलहरुमा मूल्य सुचि नराखिएको, प्रमाण–पत्र नभएका भएपनि नविकरण नगरेको पाइएको थियो । अधिकांशले मासु डिपफ्रिजमा राखेका थिए । उपभोक्तालाई उचित मूल्यमा र गुणस्तरिय सामान विक्रि गर्नुपर्छ र, बजारलाई नियन्त्रण गर्न जरुरी भएकोले बजार अनुगमन गरिएको आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलय प्रमुख हिमाय बरालले बताए । 

विराटनगर १२ का उपभोक्ता प्रमीला अर्यालले अनुगमन महिनामा २ देखि ३ पटक हुनुपर्ने बताइन्  । चाडबाड नजिकिन्छ अनि अनुगमन गरेर केहिदिन समान राम्रो बेचेपनि व्यापारीहरुले फेरी केहि दिनमा उही गुणस्तहिन सामान खरिद बिक्रि गर्ने गरेको उनको भनाई छ ।   

विराटनगर ८ का मधु धिताल भन्छिन् ‘अनुगमन भएको अत्यन्तै राम्रो हो, हामी उपभोक्ताहरुका लागि गुणस्तरीय र उचित मापदण्डमा समान उपभोग गर्न पाउछौं ।’  चाडवाडमा मात्र हुने अनुगमनले खासै व्यवसायीहरुमा  सुधार नआउने उनको भनाई छ । केहि दिन अगाडि विराटनगर महानगरपालिकाले माछा मासु पसलमा अनुगमन गरेको र माप दण्ड पनि तोकिसकेको र अभिमुखी तालिम पनि दिएको विराटनगर महानगरपालिकाका प्रशासकीय प्रमुख एकदेव अधिकारीले बताए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *