एन आई सी एशिया बैंकको POS सेवा सुचारु

असोज १, काठमाडौं । एन आई सी एशिया बैंकको POS सेवा सुचारु भएको छ ।   

चिनियाँ ह्याकरहरुले राजधानीका एटिएम ह्याक गरी पैसा लुटेपछि एन आई सी एशिया बैंकले डेविट तथा क्रेडिट कार्डहरु गत भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका ATM तथा POS मेशिनहरुमा नचल्ने र यसै बैंकका ATM तथा POS मेशिनहरुमा मात्र चल्ने बनाएकोमा आजबाट खुल्ला भएको जनाएको हो ।   

बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु VISA Network मा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका Point of Sales (POS) मा समेत चल्ने व्यवस्था मिलाईएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *