प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार, घटनामा संलग्न एक पक्राउ

भदौ २०, काठमाडौँ। पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार (आज) बिहान एक किशोरीमाथि एसिड प्रहार भएको छ । पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले बिहान करिब ६ को समयमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गरेका हुन् ।   

एसिडका कारण खातुनको दाहिने गाला, छाती र हात जलेको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार प्रेम प्रस्ताव अस्वीकार गरेका कारण ती युवाहरुले खातुनमाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहारमा संलग्न संलग्न युवा  सम्साद मियालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ भने माजिद आलम भने फरार रहेका छन् । 

एसिड प्रहारबाट घाइते खातुनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *