घाँस काट्ने क्रममा सर्पले टोक्दा महिलाको मृत्यु
मकालु खबर
२०७६ भदौ २३ गते
भाद्र २३, सप्तरी । सोमबार सप्तरीमा घाँस काट्ने क्रममा एक ५५ वर्षिय महिलालाई सर्पले टोक्दा उनको मृत्यु भएको छ ।
सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पको टोकाईबाट ५५ वर्षीया सूर्यमनीदेवी यादव को मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सर्पले टोकेर गम्भिर घाइते भएकी यादवको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैंजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मकालु खबर
२०७६ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित