बौद्धनाथ स्तुपाभित्र चिनियाँ लामा र बौद्ध घ्याङ विच झडप

असोज ११, काठमाडौं । काठमाडौं बौद्धनाथ स्तुपाभित्र झडप भएको छ । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा झडप भएको हो ।   

बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त छ । 

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । तर, पुजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेका छन् । केही बेर पुजा रोकिएपनि प्रहरीको सुरक्षा घेरामा लामा गुरुहरुले पुजा गराइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको छ । अहिले बौद्धस्तुपा परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *