धरानमा यामाहाको महामेला सुरु मेला चार दिनसम्म चल्ने
भाद्र १८, धरान । नेपालको लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता मोरङ अटो वर्क र धरानमा यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सको संयुक्त आयोजनामा सुनसरीको धरानमा चार दिने ‘यामाहा महामेला’ मंगलबार देखि सुरु भएको छ ।
धरान–१२ स्थित चतरा लाईन स्थित रिजाल टासीको जग्गामा शुरु भएको सो महामेलाको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले उदघाटन गरे। सापकोटाले करिब ५ लाख पर्ने एमटी–५० स्पोर्टस मोटरसाईकलमा चढेर सो मेलाको उद्घाटन गरे ।
भदौं २० गते सम्म सञ्चालन हुने सो मेलामा ग्राहक महानुभावहरुका लागी लक्षित गरी विभिन्न स्किमहरु समेत ल्याईएको कम्पनीले जनाएको छ ।
महामेलामा मोटरसाईकल एक्सचेन्ज, पूरानो मोटरसाईकल तथा स्कुटरको उत्कृष्ट मुल्याङकन, नयाँ मोटरसाईकल खरीदमा खरिद स्थलमै फाइनान्सको सुबिधा, फ्रि एसोसरिज, फ्रि चेक अप क्याम्प लगायतको सुबिधा दिइएको कम्पनीका एरिया सेल्स मेनेजर रोबिन श्रेष्ठले कार्यक्रममा जानकारी दिएका थिए ।
साथै सोही मेलामै महिला ग्राहकहरुलाई लक्षित गरी मेहन्थी, नेल आर्ट लगायतको सुविधा समेत प्रदान गरिएको यामाहाका धरानका लागी आधिकारीक बिक्रोता बिजयपुर टेड्रर्सका प्रमुख प्रभात खतिवडाले जानकारी दिए ।
त्यस्तै मेलामा प्रत्येक बाइकको खरीदमा न्यूनतम ७ हजारदेखी १ लाख रुपैया सम्म लक्की ड्रमार्फत छुट प्राप्त गर्न सकिने खतिवडाले जानकारी दिए ।
मेलामा निःशुल्क हेल्मेट, लेग गार्ड, बाइक कभर, रेनकोट र ब्याग पनि प्रदान गरिदैँ आएको छ भने सोही मेलामा हरेक दिन बिहान १० बजेदेखी बेलुका ६ बजे सम्म सांगीतिक कार्यक्रमको समेत आयोजना गरिदैं आएको छ ।