आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘लोक सेवा आयोग विधेयक’ प्रस्तुत गर्दै
मकालु खबर
२०७६ भदौ २५ गते
भदौ २५, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार (आज) दिउँसो १ बजे बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक–२०७५’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैरी ‘लोक सेवा आयोग विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने पनि संसद सचिवालयले जनाएको छ ।
त्यस्तै आजको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको ‘राहदानी विधेयक–२०७५’ माथि पुर्नविचार गरियोस्’ र पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।
null
मकालु खबर
२०७६ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित