श्रीमती हिसिला दुर्घटनामा पर्दा बाबुरामले सेयर गरे नाच्दै गरेको फाेटाे

भाद्र २३, काठमाडाैँ ।  आईतबार समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा परी घाइते भएकी छिन् ।   

पार्टी कार्यालयको  बैठकमा सहभागी हुन जाँदै गर्दा उनी सवार स्कुटरलाई ललितपुरको ग्वार्कोमा मोटरसाईकले ठक्कर दिएपछी उनी घाईते भएकी हुन् ।   

यता  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने श्रीमती घाईते भएकै बेला श्रीमतीसँग नाच्दै गरेको फाेटाे सामाजिक संजालमा सेयर गरेका छन् । 

डा. भट्टराईले श्रीमती यमीको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक संजाल फेसबुक मार्फत आफू र श्रीमती  नाच्दै गरेको फोटो सेयर गरेका हुन् ।  यमीको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकलाई भने पक्राउ गरी सकिएको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा परी घाइते भएकी यामीको हाल  बीएण्डबी अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *