तेलुगु फिल्मको नायिका बन्दै परमिता
भाद्र २९, काठमाडौँ । फिल्म ‘चपली हाइट २’बाट फिल्मी करियर सुरु गरेकी नायिका परमिता राज्यलक्ष्मी राणा तेलुगु फिल्ममा खेल्ने भएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ‘तेलुगू’ फिल्ममा अभिनय गर्न लागेको जानकारी गराएकी हुन् । आगामी बर्षको जुनबाट छायांकनसुरु हुने यस फिल्ममा उनी अडिसनबाट छानिएको समेत जानकारी गराएकी छिन् ।
एसभीसीसी फिल्मस्को ब्यानरमा बन्न लागेको यस फिल्मको पूजा गर्दै शुभसाइत गरिएको छ । तेलुगूका एक्सनस्टार नायक गोपीचन्दको मुख्य भूमिका रहने यस फिल्ममा आफु लिड हिरोइन रहेको र आफूले गोपीचन्दुसँग स्क्रिन शेयर गर्न लागेको समेत जानकारी गराएकी छिन् ।
बिनु सुब्रह्मण्यमकाे डेब्यु निर्देशनमा बन्ने यस फिल्म निकै ठूलो बजेटमा निर्माण हुन लागेको बताइएकाे छ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत रहने बताईएको छ ।
‘चपली हाइट २’ पछि रोज, चंगाचेट जस्ता फिल्मम खेलेकी परमिता ‘चंगाचेट’ पछि कुनै पनी फिल्ममा देखिएकी छैनन् ।