सोमबार सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

२०७६ भदौ २३ गते

भाद्र २३, काठमाडौँ । सोमबार सुनको भाउमा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आईतबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७१ हजार ७०० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।
हिजो प्रतितोला ७१ हजार २ सयमा बिक्री बितरण भईरहेको तेजाबी सुनमा आज तोलामा २ सय बढेर प्रतितोला ७१ हजार ४०० मा कारोबार भईरहेको छ ।
सोमाबार चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । आईतबार प्रतितोला ८ सय ८५ रुपैयाँमा बिक्री बितरण भईरहेको चाँदीको भाउनमा आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० मा बिक्री बितरण भईरहेको महासंघले जानकारी दिएको छ ।

२०७६ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित