नायिका सोनाक्षीले मोटी हुँदा झेल्नु परेको पिडा यसरी सुनाईन्

भाद्र २६, भारत ।  बलिउडमा डेब्यु गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाले ९५ किलो तौल घटाएर ६५ किलो बनाएकी थिइन् । उनी कलेजमा हुँदा ९५ किलोको थिइन् । पछि ३० किलो घटाएकी थिइन् ।   

यति धेरै तौलकी सिनाक्षीले कसरी तौल घटाइन् त ? यो सबैको चासोको विषय हो । फिल्म क्षेत्रमा आउनको लागि उनले कडा मेहेनत गरेर शरीरलाई सुगठित बनाएकी थिइन् । 

उनले तौलका कारण थुप्रै समस्या झेल्नुपरेको थियो । सोनाक्षीले भनिन्, ‘जब म कलेजमा थिए मेरो तौल ९५ किलो थियो ।’ 

Image result for sonakshi old and new pic

उनले आफू सधैँ एउटा मोटी केटीको रुपमा परिचित रहेको अनुभव सुनाइन् । उनले स्कुल र कलेजमा मोटी भएकै कारण उपेक्षा सहनुपरेको थियो । तौलकै कारण उनलाई हरेक कुरामा साइड लगाइने पनि उनले सुनाइन् ।   

मोटी हुनुको पीडा सुनाउँदै सोनाक्षीले भनिन्, ‘मलाई अझै याद छ, एक पटक मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर जाग्यो । तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए । मैले भने ‘किन ?’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए । मलाई ज्यादै दुख लाग्यो ।’ 

तर उनले पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको तर मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् ।   

सन् २०१० मा सुपरस्टार सलमान खानसँग फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षीले आफ्नो अभिनयका कारण फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाएकी छिन् ।  एजेन्सी  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *