प्रतिनिधी सभामा राहदानी विधेयकको संशोधन स्वीकृत
असोज २, काठमाडौँ । बिहिबार बसेको प्रतिनिधी सभाको बैठकबाट “राहदानी विधेयक, २०७५ को संशोधन सर्वसम्मतले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको संसद बैठकमा “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गरेका थिए ।
काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको बैठकमा सहभागी जनाउँदै राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताएकी थिईन् ।
सोही बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा उठेका प्रश्नको जवाफ फर्काएका थिए । उनले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था विधेयकमा गरिएको बताउनुको साथै कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए ।
सभामुख महराले परराष्ट्रमन्त्री ज्ञवालीको जवाफ सुनेपछी विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।