एनएमबि र डीकेसीबीच जापानमा नेपालीलाई कर्जा उपलब्ध गराउने सहमति

भदौ २२, काठमाडौं । एनएमबि बैंक र जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभबीच सम्झौता भएको छ ।   

एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभसँग नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने सहमति गरेको हो ।   

सम्झौता अनुसार केडिसीले एनएमबिको सिफारिसमा नेपाली नागरीकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने छ । 

एनएमबि बैंकको परामर्शमा जापानमा मानिसहरूलाई रोजगारी र ऋणका अवसर प्रदान गर्ने तथा मार्गप्रशस्त गर्नुका अलावा सहमतिपत्रमा जापानमा रहेका गैर आवासीय नेपालीहरू (एनआरएन) लाई विदेशी मुद्राको खाता तथा जापानबाट नेपालमा रेमिट्यान्स् प्रवाहमा पनि सहजीकरण गर्ने उल्लेख छ । 

ग्लोबल एलाइन्स फर बैंकिङ्ग अन भ्यालुज (Global Alliance for Banking on Values) (जीएबीभी) को भारतको कोचीमा सम्पन्न तेस्रो एसिया प्यासिफिक च्याप्टरको बैठकका क्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र डीकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ता (Mobuyuki Nitta)  ले सहमतिपत्रमा हस्ताक्षर गरे ।   

एनएमबि बैंक र डीकेसी दुवै जीएबीभीका सदस्य छन्, जसमा दुवै संस्थाहरू आफ्ना व्यवसायको मूल्यमा आधारित बैंकिङ सिद्धान्तमा निहीत भइ सञ्चालन भइरहेका छन् ।   

एनएमबि बैंक नेपालमा जीएबीभीको एकमात्र सदस्य हो भने डीकेसी जापानमा आफ्ना सहकारीका सदस्यहरू बसोबास गरिरहेका क्षेत्रहरूमा दिगो विकास र जीवनस्तरमा सुधार गर्ने उद्देश्य राखेर सन् १९२१ मा स्थापना भएको संस्था हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *