बैङ्कहरुका अधिकांश एटीएम चलेनः आकस्मिक बैठक बस्दै राष्ट्र बैंक


भाद्र १५, काठमाडौँ । नक्कली भिसा कार्ड मार्फत चिनियाँ ह्याकरले रकम निकालेको भेटिएपछि नेपाल राष्ट्र बैङ्क आकस्मिक बैठक बस्दैछ ।
काठमाडौँका बैंकलाई निशानामा पारि नक्कली भिसा कार्डबाट रकम झिकेकाे भेटीएपछी राष्ट्र बैङ्कले बैंकका प्रतिनिधिहरुलाई बोलाएर आकस्मिक बैठक बस्न लागेको हो ।
केही समय पछी बैठक बस्ने राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिएका छन् ।
यसरी अनाधिकृतरुपमा एटिएमबाट सिस्टम ह्याक गरी पैंसा निकालेको भेटीपछी यसको सुरक्षा कसरी गर्ने भन्नेबारे छलफल गर्न बैठक बस्न लागिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् ।
नेपाल प्रहरीले शनिबार मध्येराती दरबारमार्ग स्थित एटिएमबाट सिस्टम ह्याक गरी अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
यस घटनापछी राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आईरहेको छ । यसरी एटीएममा समस्या आएपछी सेवाग्रहीहरु निकै मर्कामा परी रहेका छन् ।
