चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर
भाद्र २३, काठमाडौँ । सोमबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री ज्ञवालीबीच काठमाडौंको याक एन्ड यति होटलमा भेटवार्ता भएको हो ।
दुई मन्त्रीबीच औपचारिक भेटवार्तामा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन्।
आजको भेटवार्तामा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । भेटवार्तामा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल हुने क्रमा सो समझदारीपत्रमा हस्ताक्षर गरिएको बताईएको छ ।
उक्त समझदारीपत्रमा मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने सम्बन्धी हस्ताक्षर भएको जानकारीमा आएको छ
परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ विदेशमन्त्रीको सम्मानका लागि आजै रात्रिभोजको आयोजना समेत गरेका छन् ।