महरा र काफ्ले उपर १ लाख ३६ विगो दावि सहित विशेष अदालतमा आरोप–पत्र दायर

भाद्र २३, काठमाडौं । सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत प्राधिकरणका कार्यालय प्रमुखसहित दुईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।   

आयोगले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप–वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा र चौथो तहका कर्मचारी मेघराज काफ्लेले थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि अदालतमा आरोप–पत्र दायर गरेको हो । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई सेवाग्राहीसँग थ्रीफेज लाइन जडान गरिदिने भन्दै  घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले मेघराज काफ्लेसमेतलाई सेवाग्राहीबाट ४६ हजार पाँच सय ५५ रुपैंया घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो । 

Image result for अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अनुसन्धानको क्रममा निजहरू नायब सुब्बा (पाँचौं तह) विजय कुमार महरा र फोरम्यान (चौथो तह) मेघराज काफ्लेले सेवाग्राहीसँग थ्रीफेज लाईन जडान गरीदिने कार्यको लागि पहिलो पटक ९० हजार र दोस्रो पटक ४६ हजार ५सय ५५ रुपैयाँ गरी जम्मा रू १ लाख ३६ हजार ५ सय ५५ रुपैंया घुस लिएको प्रमाणित भएको थियो ।   

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिँदा निजहरूलाई विगो १ लाख १६ हजार ५ सय ५५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।   

आयोगले उजुरी निबेदक राजु आचार्यले थ्रीफेज विद्युतीय लाईन जडान गर्ने कार्यको लागि विजयकुमार महरासमेतलाई वारदात हुनुपूर्व नै ९० हजार उपलब्ध गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुनु पर्नेमा, निज राजु आचार्यले घुस र रिसवत सम्बन्धी कसुरको उजुरी निबेदन दिई अनुसन्धानमा समेत सहयोग गरेको हुँदा आचार्यलाई ऐन,२०५९ को दफा ५५ बमोजिमको सजाय मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरीएको बताएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *