सेप्टेम्बर २८ मा ‘ढाका रन वे ब्राइडल शो’ हुँदै
असोज १, काठमाडाैँ । ढाका इभेन्ट कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ ।
यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन/पहिरन तथा डिजाइन देखाउने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता जनाउने छन् । उक्त शोमा नायिका, मोडेल तथा गायिका परमीता आर.एल. राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने कम्पनीका क्रिएटिभ डाईरेक्टर अजय गुरुङले जानकारी दिए । परमीता आर.एल.राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडर हुन् ।
उनकाअनुसार उक्त शो जम्मा ५ घण्टा चल्नेछ । शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रर्वद्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्नपनि आयोजकले अपिल गरेको छ । उक्त शोको उद्धघाट्न भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट क्रिएटिभ डाईरेक्टर गुरुङसहित सिईओ रिषत रेमन, प्रवन्ध निर्देशक दीक्षा चौधरी र बजार निर्देशक आशिष श्रेष्ठको सहभागिता थियो ।