क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको निधन

असोज ५, विराटनगर ।   क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको वर्षको निधन भएको छ । वामपन्थी आन्दोलनका योद्धा एवं विस २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा  निधन भएको हो । 

गुप्ता मृगौला रोग र मधुमेह रोगवाट पीडित थिए भने उनको शुक्रवार साँझ ८ः४५ मा निधन भएको थियो । स्व. मनमोहन अधिकारीकोको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका स्व. गुप्ताले ऐतिहासिक जुटमिल हड्तालमा सक्रिय भूमिका निभाएका थिए । 

स्व. गुप्ताको पार्थिव शरीरमा  प्रदेशका मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा  श्रद्धान्जलि अर्पण गरे  । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेपाली काँङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धान्जलि अर्पण गरे । 

विस १९८२ मा भारतको कोलकोत्तामा जन्मेका स्व. गुप्ता विस २००७ को क्रान्तिमा ट्याङ्क बनाउमा उनको ठूलो भूमिका रहेको थियो । गुप्ताकी श्रीमती, तीन छोरा र एक छोरी छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *