प्रचण्डको चिनियाँ विदेश विभाग प्रमुखसँग भयाे भेटवार्ता

असोज ७, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओबीच भेटबार्ता भएको छ । 

मंगलबार बिहान राजधानीस्थित होटल मेरिओटमा गरिएको भेटवार्तामा  दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।   

निजी सचिवालयका अनुसार भेटवार्तामा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार प्रकट गरेका थिए । 

प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच भेटवार्ता

प्रचण्डले दुई कम्युनिस्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताउँदै उनले भने  ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु । ’,   

उक्त भेटवार्तामा चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याएका थिए ।   

ताओको भनाइ उद्धृत गर्दै सचिवालयले   ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’  भन्ने उल्लेख गरेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *