छोटे राजा र बडे राजाले देश विकास गर्दैनन्ः ज्ञानेन्द्र शाही (भिडियाे सहित)

असोज ४, काठमाडौं । भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीले राजनीतिक भ्रष्टाचारको अन्त्य नगरेसम्म मुलुकको विकास नहुने बताएका छन् । आज नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै राजनीतिक दलहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुवेर देश डुवाएको आरोप लगाए ।   

उनले दलहरुले हिमाल बेच्ने समेत आरोप लगाउँदै भने–‘यिनीहरुले हिमाल बेच्दैछन्, आज हिमाल बेच्छन्, सरकारी सम्पत्ति बेच्छन्, बालुवाटार बेच्छन्, यसकारण यी दलहरुबाट मुलुकको विकास हुन्छ भनेर विस्वास गर्नु बेकार छ ।’   

शाहीले अब जनताले भ्रष्टाचारी दलहरुका विरुद्ध कर बहिस्कारको अभियान थाल्ने समेत बताए । हामीले दिएको करको सदुपयोग नभइरहेको भन्दै उनले एक जना साधारण नेपालीले वर्षमा २ लाख ३३ हजार बढि कर तिरिरहेको बताउँदै उक्त करको सदुपयोग नभएको समेत दावि गरे ।   

‘छोटे राजा बडे राजालाई जनताले तिरेको एक रुपैंयाबाट देशको विकास हुँदैन । अघिल्लो आर्थिक वर्ष र अहिलेको बजेटमा ९ खर्ब बजेट करबाट असुल्ने भनिएको छ ।  ८ खर्ब मात्र उठाउँछ, लक्ष्य पुरा गर्न सक्दैन । तर, यी छोटे राजाहरु मिलेर ९ खर्ब ५७ अर्ब खर्च गर्दैछन् । एक रुपैंया देश विकासमा खर्च गर्दैनन् ।’ उनले भने ।   

नागरिकबाट उठाएको करको सदुपयोग गर्नुपर्यो भन्दै प्रचण्ड, केपी ओलीलाई सुध्रन आग्रह गरे ।  ‘सुध्रिनुस प्रचण्ड ज्यू, केपी शर्मा ओली ज्यू, यदी तपाई सुध्रिनु भएन भने नेपाली नागरिकले सुधार्नेछन् ढुक्क हुनुहोस ।’ उनले भने ।   

उनले जुन दिन दलहरुलाई नागरिकले सुधार्छन् दलहरुले एक्सक्युजमी भन्न नपाउने समेत जिकिर गरे । शाहीले नेपाली युवाहरुलाई मलेशिया, कतारमा खसी बाख्रा जस्तो विक्रि गर्न नपाइने उल्लेख गरे । आफुहरु शान्तिपूर्ण आन्दोलन र अभियानमा अगाडी बढ्दा हस्तक्षेप नगर्न आग्रह गरे ।   

हेर्नुहोस भिडियो   

  

https://youtu.be/AqpczzcWPjk 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *