राष्ट्रिय बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न
भाद्र २९, बिराटनगर । मोरङको श्री जनता आधाभूत विद्यालयमा आईतबार राष्ट्रिय बाल दिवसको अवसरमा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविर विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको प्राविधिक सहयोगमा र रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको आयोजनामा सम्पन्न भएको हो । स्वास्थ्यमा समस्या भएका विद्यार्थीहरुको उपचार साथै परामर्श उपलब्ध गराउने उदेश्यले संचालनमा ल्याएको शिविरबाट करिब ३०८ जना विद्यार्थीले सेवा लिएकाछन् ।
मेडिकल कलेजका विभाग प्रमुख तथा संचार प्रमुख आभास श्रेष्ठको नेतृत्वमा आएका चिकित्सक टोलीले परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा नवजात शिशु तथा बालरोग, आँखा शिविर, आहार तथा पोषण, नाक, कान, घाँटी साथै मुख तथा दन्त रोग सम्बन्धि उपचार तथा परामर्श दिईएको हो ।
विगतमा पनि विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालल र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा विभिन्न स्कुल, कलेजमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ । आर्थिक अवस्था कम्जोर भएकाहरुलाई स्वास्थ्य सेवा दिनका निमित्त साथै महंगो पैसामा मात्र राम्रो उपचार हुने भ्रम जनमानसमा छ त्यो भ्रम हटाउन र अबका दिनहरुमा जटिल जटिल समस्याहरुको उपचार शुलभ मूल्यमा विराट मेडिकल कलेजमा नै हुने मेडिकल कलेजका विभाग प्रमुख तथा संचार प्रमुख आभास श्रेष्ठले बताए ।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले सफलता हासिल गर्नुमा ठूलो योगदान बिराट मेडिकल टिचिङ्ग हस्पिटल रहेको रोटरी क्लबका अध्यक्ष अर्चना तपरियाले बताईन् । विगत दुई वर्ष देखि सोहि स्कुलमा स्वास्थ्य शिविर संचालन गर्दै आएको बताउने अध्यक्ष तापुरिया आगामी दिनमा विराट मेडिकल कलेजसगँको सहकार्यमा स्त्री रोग सम्बन्धी शिविर संचालनमा ल्याउने जानकारी दिईन् ।
शिविरमा स्वस्थ्य जाँच गराउने विद्यार्थीहरुका लागि विराट मेडिकल कलेजमा उपलब्ध सेवाः
ओ. पी. डी निशुल्क, बेड चार्ज ५०% छुट, चिरेर गरिने अप्रेशनमा ५०% छुट, ल्याब तथा रेडियोलोजीका लागि २०%, आई. सी. यू. तथा एन आई. सी मा २०% छुट साथै दुरबिनबाट गरिने अप्रेशनमा २०% छुट रहने छ ।
सो सेवा लिनका लागि बिरामी जाँच गरेको १५ दिन भित्र अस्पताल जानुपर्ने र बिरामी जाँच गरेको १ महिना भित्र गएमा ओ. पी. डी. सेवा निशुल्क, बेड चार्जमा २५% छुट, चिरेर गरिने अप्रेशनमा २५% छुट, ल्याब तथा रेडियोलोजीका लागि १५%, आई. सी. यू. तथा एन आई सी. का लागि १०% छुट सुविधाको व्यवस्था विराट मेडिकल टिचिङ्ग हस्पिटलले दिएको छ ।