घरपालुवा कुकुरलाई दैनिक नघुमाए जरिवाना हुने
मकालु खबर
२०७६ असोज १२ गते
असाेज १२, अमेरिका । अष्ट्रेलियाको राजधानी क्यानबेराका कुकुरधनीले अब दिनमा एक पटक आफ्नो कुकुर घुमाउनै पर्नेछ । स्थानीय प्रशासनले यो नयाँ व्यवस्था ल्याएको हो ।
यो नियम पालना गर्न नसकेको अवस्थामा व्यक्तिले २७०० डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
सरकारले जीवजन्तु कल्याण विधेयक संशोधन ऐनलाई लागू गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो । ऐनमा जनावर कल्याणसम्बन्धमा कडा कानुनी व्यवस्था गरिएको छ ।
यस ऐन अनुसार कुकुरधनीले आफ्नो कुकुरलाई उचित भोजन, आवास र पानीको व्यवस्था गर्नुपर्नेछ । २४ घण्टा आफूसँग राख्ने कुकुरलाई कम्तिमा पनि दुई घण्टा खुल्ला छाड्नु आवश्यक हुने सहर प्रशासनको विचार छ । एजेन्सी
मकालु खबर
२०७६ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित