हिमालय एयरलाइन्सको नयाँ लोगो सार्वजनिक

असोज १२, काठमाडौं । हिमालय एयरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरेको चील अंकित नयाँ लोगो सार्वजनिक गरेको छ ।   

आइतबार एक कार्यक्रमका बिच संस्थाको नयाँ लोगो एयरलाइन्सका अध्यक्ष झो एन्योङ र उपाध्यक्ष प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे ।   

लोगो सार्वजनिक गर्दै उपाध्यक्ष श्रेष्ठले भने, ‘हिमालयको निर्देशित सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अध्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि गरिरहेको प्रयासमा आधारित रहेर हामीले नयाँ पहिचानसहितको नयाँ ब्रान्ड लोगो बनाएका हौँ । ५ वर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा पनि निर्माण गरिसकेका छौँ । आगामी दिनमा पन िनिरन्तर अगाडी बढ्ने संकल्प व्यक्त गर्न चाहन्छौँ ।’ 

रणनीतिक योजनासँगै एयरलाइन्सको नयाँ लोगो सार्वजनिक गरिएको एयरलाइन्सको भनाइ छ । एउटा जहाज र एउटा गन्तव्यस्थानबाट सुरु गरेको एयरलाइन्सले तीन वर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीन वटा ए३२० जहाज कायम गर्न र पाँच वटा गन्तव्य स्थानमा उडान भर्ने क्षमताको विकास गरिसकेको छ ।   

आबुधावी, दमास र दोहालाई नेपालसँग जोड्दै एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *