उपनिर्वाचनमा कांग्रेसलाई जिताउनु पर्छः सभापति देउवा

भदौ २५, काठमाडौँ । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । कांग्रेसले सुनसरी सदरमुकाम इनरुवाबाट मंगलबारदेखि ‘हिमाल, महाड, तराई–मधेश कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो ।   

अभियानको सुभारम्भ गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अभियानमा सक्रिय भएर जुट्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले लोकतन्त्रमाथि चुनौति रहेको भन्दै यसको संरक्षणका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन थालेको बताए । 

 पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उपनिर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । अभियान सुभारम्भ कार्यक्रमका अवसरमा इनरुवामा रहेको पार्टी कार्यालय परिसरमा निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको उद्घाटनसमेत गरिएको थियो ।   

null

जागरण अभियानको उद्घाटनका क्रममा सभापति देउवासहित उपसभापति गच्छदार, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मिना सुब्ब, उद्योगी बिनोद चोधरी, उमेश श्रेष्ठ, सुनसरी सभापति राजिव कोईरालालगायतले आ–आफ्नो धारणा राखेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *