कांग्रेसमाथि आक्रमण गर्नेलाई जवाफी कारवाही गर्नुपर्छः पूर्व उपाध्यक्ष शाह

असोज ३, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कांग्रेसमा कार्यकर्ता बिनाको नेता बन्ने दिन आउने तिर संकेत गर्दै त्यतातिर ध्यान दिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन्।   

सामाजिक सञ्जाल मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै शाहले नेपाल तरुण दल नेपालगञ्जका नगर अध्यक्ष सन्दीप जंग शाह, तरुण नेताहरु घमण्ड खडका र अमर रोकायलाई आततायीहरूले खकुरी प्रहार गरी गम्भीर घाईते बनाएको घटना प्रति घोर भ्रत्सना गर्दै शाहले यी घटनामा संलग्न नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गरी कानुनी कार्वाही गर्न माग गरेका छन्।   

बाँकेमा तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक भएको शाहले जिकिर गरे। नेपाल तरुण दलका नेताहरुमाथि भएको आक्रमणको जवाफ फर्काउने चेतावनीसमेत शाहले दिएका छन्।   

उनले बाँकेमा भएका घटनाहरु  कुनै निश्चित ब्यक्ति वा जिल्ला लक्षित नभएर यो प्रतिपक्षी र विरोधीहरूलाई दमन गरी समग्र राज्य सत्ता कब्जा गर्ने उद्देश्यले सरकारद्वारा निर्देशित एउटा संरक्षित घटना भएको पनि बताए।   

सरकार द्वारा निर्देशित यी योजनाबद्ध घटनाको प्रतिकार गर्न सर्वप्रथम आपसी मेलमिलाप र सहकार्यको आवश्यकता हुनुपर्ने भन्दै शाहले त्यसका लागी गुटगत जन्जिरबाट मुक्त भएर संगठनलाई शसक्त र गतिशील  तरीक़ाले निर्माण र परिचालनमा केन्द्रित हुन पार्टीका नेताहरू सुझाव दिएका छन्। उनले यो जटिल अवस्थामा आपसी मतभेदको अन्त्य गर्दै पार्टीमा हार्दिकताका साथ सहमतिमा पार्टीको सम्पूर्ण अंगलाई सशक्त तरीकाले संगठन निर्माण र परिचालन गर्ने दिशामा कांग्रेस लाग्नुपर्नेमा जोड दिए।   

नेता शाहले खाली रहेको नेपाल बिध्यार्थी संघको केन्द्रीय समिति तत्काल गठन गर्न, बिस्तार हुन बाकी रहेका नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको केन्द्रीय समिति तत्काल विस्तार गर्न पनि अनुरोध गरेका छन्। शाहले नेपाली कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूलाई पनि विशेष निवेदन गर्दै आफ्नो गुटगत र व्यक्तिगत स्वार्थका लागी संगठनलाई बन्धक बनाऊने कुराको कारक र सहयोगी नबन्न पनि आव्हान गरेका छन्।   

उनले आफनै कारणले आफनै आँखा अगाडि पार्टी र लोकतान्त्रिक प्रणाली समाप्त भएर असहाय हुने अवस्था सृजना नहोस भन्दै पार्टीका सम्मानित नेताहरूलाई त्यतातिर ध्यान दिन पनि विनम्र अनुरोध गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *