कम्युनिस्टको नाममा नवमण्डलेहरुको जन्म भयोः डा. शेखर कोइराला

असोज १३, चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन् ।   

कोइरालाले कांग्रेसका विरुद्ध नेकपा गुण्डाराजको शैलीमा उत्रन थालेकाले अब कम्युनिष्टको दिनगन्ती शुरु भएको पनि बताए । ‘कम्युनिस्टहरुको नाममा नवमण्डलेहरुको जन्म भएको छ । कम्युनिष्टको राज्य आतंक विरुद्ध एकजुट भएर प्रतिकार गर्न आवश्यक छ’, उनले भने ।   

नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ ले रत्ननगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँके कांग्रेसकी सभापतीको हात भाँचिदिए । तनहुँमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथी आक्रमण गरे ।’   

उनले ज्ञानेन्द्र शाही माथि भएको आक्रमका सन्दर्भमा समेत बोलेका छन् । ‘चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गरे । शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन तर, एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने की नपाउने ?’ उनले प्रतिप्रश्न गरे । 

कोइरालाले कुनैपनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथीको आक्रमण कदापी सहृय नहुने बताए । 

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले लोकतान्त्रिक मुल्य र मान्यता कुल्चँदै गएको बताए । सरकारले संवैधानिक निकायहरुलाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउँदै फासिष्ट शैली स्थापित गर्न खोजेको आरोप पाण्डेले लगाए । 

कार्यक्रममा कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, पुर्वसभापतीहरु टेकप्रसाद गुरुङ र रामकृष्ण घिमिरे, मकवानपुर कांग्रेसका पुर्वसभापतीहरु रघुरमण न्यौपाने, रामचन्द्र अर्याल लगायतले कांग्रेसको अहिलेको नेतृत्व कम्युनिष्टका विरुद्ध लड्न नसकेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *