पर्यटनमन्त्री भन्छन्– समाज भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो

भदौ ३१, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेको भन्दै यस्ता गतिविधि रोक्न प्राज्ञहरुलाई आग्रह गरेका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले नयाँ पिँढीहरुलाई दिक्षित गर्न प्राज्ञहरुसँग यस्तो आग्रह गरेका हुन् ।  यस्ता गतिविधिले समाजलाई नै विभाजनतिर लैजाने उनको भनाइ छ ।   

उनले भने, ‘प्राज्ञहरुले अराजकता र उछृङ्खल गतिविधि हुन नदिने गरी भाषा र संस्कृतिको माध्यमबाट नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँढीलाई दीक्षित गर्नुपर्छ ।’ 

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गरे । उनले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यकतामा पनि जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *