स्वास्थ्योपचार पछि प्रधानमन्त्रीको सक्रियताः पार्टी अध्यक्षद्वय विच भेटघाट

भाद्र २०, काठमाडौं । १४ दिनको लामो स्वास्थ्योपचार पछी स्वदेश फर्किएका प्रधानमन्त्री तथा नेपा कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।   

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनले आजैबाट राजनीतिक सक्रियता बढाएका हुन् । ओलीले पार्टी अध्यक्ष दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।   

भेटमा दाहालले प्रधानमन्त्रीलाई स्वास्थ्य अवस्थाबारेमा सोधखोज गरेका थिए । त्यसपछि दुवै अध्यक्षविच बर्तमान राजनीतिक अवस्था, पार्टी एकताका थाँती रहेका विषयमा कुराकानी भएको बुझिएको छ ।   

Image result for oli with prachanda

बालुवाटार स्रोतका अनुसार भेटमा दुई अध्यक्षविच देखिएको असन्तुष्ठि कम गर्ने काम भएको थियो । ओली उपचारका लागि सिंगापुर जाँदा दाहाललाई पार्टीको निर्णय गर्ने अधिकार दिएका बेला दाहालले ओलीसँग समन्वय नगरेकोमा असन्तुष्टी थियो । त्यहि असन्तुष्टीलाई चिर्न दाहाल आफैं प्रधानमन्त्री निवास गएको बुझिएको छ ।  

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *