सेरेनालाई चियर गर्न पुगेकी राजकुमारी मेगनलाई ‘ब्याड लक चार्म’ को संज्ञा दिइयाे

भाद्र २२ ।  आफ्नी अति मिल्ने साथी टेनिस स्टार सेरेना विलियम्सलाई चियर गर्न पुगेकी मेगन मर्कललाई सेरेनाका प्रशंसकहरुले ‘ब्याड लक चार्म’ को संज्ञा दिएका छन् । 

३८ वर्षे डचेज अफ ससेक्स विम्बलडनको अन्तिम खेलमा साथी सेरेनालाई प्रोत्साहन गर्न स्टेडियम पुगेकी थिइन् । अन्तिम खेलमा क्यानाडेली बियान्का एन्ड्रोस्कूले सेरेनालाई ६–३, ७–५ ले हराएकी थिइन् । 

विलियम्सकी आमा ओर्‍यासिना प्राइससँगै खेल हेरिरहेकी मेगन न्यूयोर्कको आकर्षकको केन्द्रमा थिइन् । तर सेरेनाले हार व्यवहोरेपछि यी दुई निराश भएका थिए । 

एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘डियर मेगन मर्कल कृपया सेरेनाको अन्तिम खेलमा उपस्थित नहुनुहोला । तपाईंले गर्दा नै उनले खेल हारिन् ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘मेगन । डचेज । धेरै प्रेम । साँच्चै नै धेरै माया । तर के तिमी ‘ब्याड लक’ हौ ?’ 

यद्यपि, मेगनले विलियम्सले सन् २०१६ को विम्बलडन जितेको हेरेकी थिइन् । त्यतिबेला मेगन र ह्यारीबीचको प्रेम सम्बन्धको हल्ला निकै चर्किरहेको थियो । मेगनले अन्तिम समयमा विलियम्सको खेल हेर्ने निर्णय लिएपछि आफूहरु निकै चिन्तित भएको विलियम्सको समूहले बताए । 

‘जब उनले अघिल्लो रात खेल जितिन् तब सेरेनाले आफ्ना कोचलाई मेगनको उपस्थितीबारे सोधेकी थिइन् । किनभने टेनिस खेलाडी अन्धविश्वासी हुन्छन् र विम्बलडनको अन्तिम खेलमा मेगन उपस्थित भएपछि सेरेनाले हारिन्,’ शुक्रबार न्यूयोर्क पोष्टसँगको कुराकानीमा एक स्रोतले भन्यो । ‘विलियमका कोच प्याट्रिकले उनलाई ‘केन्द्रित’ भइराख्न सुझाए किनभने कोचले उनलाई २४ औं ग्रान्ड स्ल्यामको उपाधि जिताउन चाहन्थे ।’ 

मेगनले  विन्डसोरमा राजकुमार ह्यारी र चार महिने छोरालाई छोडेर लण्डनको हिथ्रोबाट उडान भरेकी थिइन् । उनीसँग सुरक्षाकर्मी भने थिए । एजेन्सी 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *