जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
असोज ९, काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
आज (बिहीबार) एक समारोहका बिच जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज हुने बैंकको विश्वास छ ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा ATM तथा ३५ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।