सिद्धिचरण र मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु बाटैमा अलपत्र, यस्ताे छ अवस्था (फाेटाे फिचर)

असाेज १, खाेटाङ। सिद्धिचरण र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । तीन दिन देखिको लगातारको वर्षाका कारण विभिन्न ठाँउमा गएको पहिरोका कारण दुवै सडक अवरुद्ध भएका हुन् । 

धेरै ठाउँमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको घुर्मी प्रहरी विटका ईन्चार्ज पहलमान कार्कीले जानकारी दिए । उनका अनुसार ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाडाैंका लागि छुटेका र काठमाडाैंबाट माथिल्लो सगरमाथामा पर्ने यी तीन जिल्ला तर्फ आउँदैगरेका सवारी बिच बाटोमा अलपत्र परेका छन् । 

मानेभञ्ज्याङ्ग गाउँपालिका–६ ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीका कारण सवारी अवरुद्ध छन् । उदयपुरको घुर्मी बजारमा नजिकै सडक भासिएपछि सवारी पास हुन नसकेको स्थानीय चन्दन साहले बताए । सिद्धिचरण लोममार्गको घुर्मी–कटारी र घुर्मी–खुर्कोट सडकमा सवारी ठप्प छन् । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् । 

Image may contain: sky, mountain, cloud, outdoor and nature

त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोला र सिन्धुलीको फिकल गाउँपालिकामा पर्ने सोखु खोलामा आएको बाढिले काठमाडौं तर्फ जाने–आउने सवारी सबै रोकिएका छन् । अलपत्र परेका अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने–जाने छन् । ओखलढंगाको भडारे खोलाको बाटो खोल्नका लागि प्रयास भईरहेको विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।  

ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाण्डौ र तराईका लागि छुटेका सवारी ओखलढुंगाको हिलेपानी, उदयपुरको घुर्मी बजार लगायतका सिन्धुलीका विभिन्न ठाउँहरुमा रोकिएका छन् । घुर्मी बजार आसपासको अवरोध हटाउने प्रयास भईरहेको घुर्मी प्रहरीले जनाएको छ । ओखलढुंगाका सबैजसो ग्रामिण सडकहरु अवरुद्ध छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *