भरतपुर विमानस्थल विस्तारमा पर्यटनमन्त्रीको चासोः भन्छन् ‘अव अर्को बैठक बसिदैंन’

भदौ १८ गते ।  बढ्दो शहरीकरण र जनसख्याका कारण भरतपुर विमानस्थलले थेग्न सक्ने अवस्था छैन् । शहरीकरण वढिरहेको छ, त्यसको अनुपातमा हवाई यात्रा गर्नेहरुको संख्या पनि बढ्दो क्रममै छ ।  

तर भरतपुर विमानस्थलको अवस्था भने पहिलेको झैँ छ । करिव एक साता अघि चितवन आएका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए । एक साता नपुग्दै उनकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा अर्न्तक्रिया गरेको छ । 

 अन्तक्रियामा वोल्ने क्रममा पर्यटन मन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तारका लागि अव छलफल गर्न आवश्यक नरहेको भन्दै यो नै अन्तिम छलफल तथा वैठक रहेको वताए । विमानस्थल विस्तारका लागि यसअघि धेरै पटक पटक वैठक वसियो तर काम भएन पर्यटनमन्त्री भट्टराईले भने – एक साता भित्र केन्द्रित तहबाट निर्णय गराउन प्रत्यन्न गर्नेछु । केन्द्रिय स्तरको वैठक वोलाउन संगै रहेका पूर्व प्रधानमन्त्री प्रचण्डलाई मन्त्री भट्टराईले आग्रह गरे । 

मन्त्री भट्टराईले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई विमानस्थल नजिक रहेको नेपाली सेनाका लागि जग्गा खोज्न र मापदण्ड विपरितका भवनहरु निर्माणमा रोक लगाउन आग्रह गरे । भरतपुर विमानस्थल विस्तारका लागि नजिकै रहेको नेपाली सेना वसेको जग्गा खाली गर्नु पर्नेमा सवैको ध्यान छ ।   

 अर्न्तक्रियामा पूर्व प्रधानमन्त्री प्रचण्डले रक्षामन्त्रालय, पर्यटन मन्त्रालय,नेपाली सेनाको वैठक डाकेर निचोड निकाल्ने वताए । विकासका लागि कोही पनि बाधक हुनु हुँदैन्, प्रचण्डले भने – एक साता भित्रै वैठक राखेर विस्तारको कामलाई अगाडी वढाउन पहल गर्छु । चितवन क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभामा प्रतिनिधित्व गरेका प्रचण्डले चितवनलाई विकासको मोडलको रुपमा स्थापित गर्ने सो अवसरमा वताए । जनताले विकास भएको हेर्न चाहेका छन् उनले भने – चितवनबाट विकासको मोडल स्थापित  गरेर देशभर विस्तार गर्ने मेरो लक्ष्य छ । देश विकासकै लागि रणनितिक पूर्वाधार निर्माणमा सरकार लागेको प्रचण्डले वताए ।   

 प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर विमानस्थल विस्तारमा कुनै द्धिविदा नरहेको भन्दै प्रदेश सरकारबाट सहयोग गर्ने वताए । चितवन काठमाडौ पछिको मुख्य केन्द्र रहेकाले पनि यहाँ विमानस्थलको विस्तार आवश्यक रहेको मुख्यमन्त्री पौडेलले वताए । अर्न्तक्रियाका अवसरमा सहभागी वक्ता मध्ये धेरैले नेपाली सेनाको व्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्नु पर्ने सुझाव दिए । कतिपयले भने मेघौली विमानस्थललाई वैकल्पीक रुपमा राखेर तत्काललाई भरतपुरलाई सुधार गर्नु पर्ने औल्याए ।   

 सो अवसरमा प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रदेश सांसदहरु, राजनितिक दलका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले भरतपुर विमानस्थल विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए । भरतपुर महानगरपालिका प्रमुख रेनु दहालले विमानस्थलको अहिलेको अवस्थाले धान्न नसक्ने भएकाले तत्काल विस्तार गर्नु पर्ने वताईन् ।  

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमका अनुसार विमानस्थल वरपर वनेका भवनका कारण कुनै पनि वेला जहाज दुर्घटना हुन सक्ने उनको भनाई छ । भरतपुर विमानस्थलबाट ११ वटा उडान हुँदै आएको छ । भरतपुरबाट काठमाडौ र पोखरा उडान हुन्छ । नारायणगढ मुग्लिन सडक विग्रिएको वेला यहाँबाट दैनिक २४ वटा विमानले उडान भर्दै आएका थिए । सो विमानस्थलको धावन मार्ग अहिले १ हजार २ सय मिटर छ । 

रात्रीकालिन उडान समेत गर्ने तयारी भएकाले विमानस्थलको क्षेत्र विस्तार गर्नु पर्ने देखिएको हो । ठुला विमान समेत संचालनका लागि करिव ६ सय मिटर धावनमार्ग वढाउनु पर्ने विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *