सांग्रिला बैंकद्वारा बागेश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता

भदौ २२, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।   

गएको शुक्रबार सम्पन्न प्रतियोगिताको प्रमुख अतिथीमा कृष्णहरी श्रेष्ठ थिए भने कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेले गरेका थिए । हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो ।   

यस्ता किसिमका प्रतियोगिताहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरताको पनि वृद्धि हुने भएकोले सांग्रिला बैंकले समय समयमा यस्ता प्रतियोगिताहरु गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *