सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना


भाद्र २२, विराटनगर। समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो ।
एन्यूटी डिपोजिट मार्फत भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निशिचत अवधि तोकी समान मासिक किस्ता बैंकलाई भक्तानी गनुपर्ने र ईच्छाएको रकम सो अवधि पश्चात एकमुष्ट प्राप्त गर्नेछन् ।
सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने र न्यूनतम मौज्दात रु १,००० बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो ।
ग्राहकहरुको इच्छा अनुसार एक भन्दा बढी खोल्न पाईने सो योजना १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको योजनाहरु साकार बनाउन यस निक्षेप योजनाले सघाँउछ ।
सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक बचत गरी योजनाको अन्तमा साँवा तथा ब्याजको एकमुस्ट रकमले लाभ पाउन सक्छ । ग्राहकलाई आवश्यक परेको अवस्थामा ३ महिनापछि उक्त निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ ।
हाल सम्म सिभिल बैंक लिमिटेडले ९६ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
